Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – गैर आवसीय नेपाली संघ जापानले नेपाल डे फेस्टिवल २०१६ सफल बनाउन सहयोग गर्नेे सम्पूर्णमा धन्यवाद ज्ञापान गरेको छ । संघका अध्यक्ष सुदन थापाद्धारा हस्ताक्षरित एक विज्ञप्ती जारी गर्दै नेपाल जापान कुटनितिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठको अवसरमा आयोजना भएको फेस्टिबल सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभएको हो ।

NEPAL FESTIVAL-0854 (1)

साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेपाली राजदुतावास, विभिन्न पेशाकर्मी, बिद्यार्थी लगायत पनि धन्यवाद दिनुभएको छ । अगस्त ६ र ७ तारिक टोकियोको योयोगी पार्कमा आयोजना भएको दुई दिवसिय नेपाल डे फेस्टिवलमा २ लाख मानिसले अवलोकन गर्नुका साथै ५ करोड ऐन बराबरको कारोबार भएको पनि जनाईएको छ ।
नेपाल फेस्टिबल २०१६ ले जापानमा रहेका नेपाली समुदाय विचमा भाइचारा बढाउन साथै धेरै जापानी नागरिकहरुलाई नेपालबारे जानकारी दिन सफल भएको विश्वास समेत लिएको छ ।

13935130_228949564171967_221308217109276340_n

अतिथि देवो भव को नारा सहित आयोजना गरिएको फेस्टिबलमा नेपाली मौलिक कला, संस्कृति, भेष भूषाको प्रदर्शनी, विभिन्न जातजातीहरुको झाँकी प्रदर्शनी, लाखे नाच, पञ्चे बाजा, भजन, परेड लगायत जापानी नागरिकहरुलाई नेपालबारे जानकारी दिने उदेश्यले नेपाल प्रोमोशन स्टल साथै भिडियो रुमको समेत व्यवस्था गरेको जानकारी गराएको छ ।
वर्ल्ड नेवाः अर्गनाईजेशन जापान, नेवाःजागरण मंच जापान र नेवाः अन्तरास्ट्रिय फोरम जापानको सक्रियतामा यसपालिको नेपाल डे फेस्टिवलमा नेवार सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको हो ।

13932778_228949460838644_9186215902564351812_n

बिगत ९ वर्ष देखि जापानमा आयोजना हुँदै आएको नेपाल डे फेस्टिवल यो वर्ष नेपाल जापान कूटनैतिक सम्बन्धको ६० औं वर्ष गाँठ पनि परेकोले थप महत्वका साथ् मनाईएको हो ।
जापानमा क्रियाशील संघसंस्थाहरुको सहकार्यमा एनआरएन जापानले यो वर्षको नेपाल डे फेस्टिवलको आयोजना गरेको हो ।
यसैगरी नेपाल डे फेस्टिवल २०१६ भब्य सफल भएकोमा आयोजक एन आर एन जापान, जापानवासी सम्पूर्ण संघ संस्था तथा नेपालीहरुलाई वर्ल्ड नेवाः अर्गनाईजेशन जापान द्वारा बधाई तथा धन्यवाद दिइएको छ ।

NEPAL FESTIVAL-0907

वर्ल्ड नेवाः अर्गनाईजेशन जापानका प्रतिनिधि राम भक्त जोशीले आयोजक कमिटीलाई बधाई तथा धन्यवाद दिनुभएको हो । यस वर्षको कमि कमजोर लाई हटाई अर्को वर्ष नेपाल डे फेस्टिवलको मन्चमा सकेसम्म नेपाली संस्कृति झल्कने कार्यक्रम गर्न सकेमा सुनमा सुगन्ध थप्ने अर्गनाईजेशनका प्रतिनिधि कृष्ण बदन जोशीले बताउनुभयो ।
जापानवासी नेवारहरुको सक्रिय सहभागिताले यसपालिको नेपाल डे फेस्टिवलमा नेवार संस्कृति झल्कने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुत समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया