Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपालको जापानसँग पुरानो तथा मित्रवत् सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा जापान सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

सो अवसरमा राजदूत ओगावाले नेपालमा स्थिरता, विकास र समृद्धि भएको जापानले हेर्न चाहेको प्रस्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया