Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – नेपाल विद्यार्थी संघको प्रतिनिधि छनौट विवाद मिलेसँगै भोलि निर्वाचन हुने भएको छ ।

आज विहान २ बजे सहमति भएपछि आजै प्रतनिधिहरुको सूची प्रकाशित गरिनेछ बताइएको छ । भोलि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

प्रतिनिधि छनौट फर्जी भएको लगायतका माग राख्दै अनसन बसेका विद्यार्थी नेताहरुको अधिकांश माग सम्बोधन भएपछि आजै अनसन तोडाउने तयारी पनि भएको बताइएको छ । यो विवाद पार्टीको गुटहरुसम्म जोडिएकाले अधिवेशन उद्घाटन भएको दुई दिनसम्म पनि बन्द सत्र सुरु हुन सकेको थिएन ।

निर्देशक समिति विशेष श्रोतले बताए अनुसार १३ जिल्लाको नेतृत्व खारेज गर्नु पर्ने मागबारे अब बन्ने केन्द्रीय समितिले अध्ययन गरेर गलत देखिए खारेज गर्ने सहमति भएको छ । ११ जिल्लाको सहभागिताका सन्दर्भमा छुटेका स्वभाविक नेताहरुलाई समावेश गर्ने समझदारी भएको छ । ***

तपाईको प्रतिक्रिया