Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नयाँ सत्ता गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय संख्या घटाउन पहिले फुटाइएका मन्त्रालय जोड्ने सहमति भएको छ ।

संविधानअनुसार मन्त्रालय संख्या कम गर्न राज्यमन्त्री नै नराख्ने दुई दलबीच सहमति भएको छ । यसअघि भागबन्डा मिलाउनैका लागि मन्त्रालय फुटाएर ६ उपप्रधानसहित ४० सदस्यीय मन्त्रिपरिषद बनाएको केपी ओली सरकार व्यापक आलोचित भएपछि नयाँ सत्ता गठबन्धन दलबीच सुरुमै मन्त्रालय संख्या घटाउने सहमति भएको आजको नागरिक दैनिकमा खबर छ । सहमति अनुसार यसअघि फटाइएका कृषि र पशुपंक्षी ।

वाणिज्य र आपूर्ति मन्त्रालय गाभिनेछन् । फुटाइएका गाभ्ने सहमति भएको काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो । ‘पहिले तोडफोड गरिएका मन्त्रालय गाभेर संख्या घटाउनुपर्छ भन्यौं,’ बडुले भन्नुभयो,‘त्यसमा सहमति जुटेको छ, जुनजुन मन्त्रालय टुटाइएका थिए, ती गाभिन्छन्।’

माओवादी केन्दका नेता दीनानाथ शर्माले पनि मन्त्रालय संख्या घटाउने र राज्य मन्त्री नियुक्त नगर्ने विषयमा काँग्रेस र माओवादी केन्द्रबीच सहमति जुटेको पुष्टि गर्नुभयो । यस्तै मन्त्रिपरिषद् पनि बढीमा २७ सदस्यीय बनाउने सहमति काँग्रेस–माओवादी केन्द्रबीच भएको छ ।

तपाईको प्रतिक्रिया