Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बिच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायाण मण्डल हिँडेर डेरा पुग्नुभएको छ ।mantri-gadi-2

बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेरै डेरा पुगेको आजको अन्नपूर्ण पोस्टमा खबर छ । बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्री क्वार्टर छाड्नुभएका मण्डल बानेश्वरमा डेरा सर्नुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मण्डलले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए । त्यसपछि उहाँले डेरासम्म पुग्न आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाउनुभएको थियो । तर मन्त्रालयका कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्व्रबाट झन्डै डेढ किलोमटिरभित्र रहेको डेरामा हिँडेर पुग्नुभएको थियो ।

जिम्मेवारीबाट मुक्त भएको २४ घण्टा पनि नबित्दै मन्त्रालयका कर्मचारीले देखाएको व्यवहारबाट निवर्तमान मन्त्री मण्डल दुःखी बन्नुभएको थियो ।

तपाईको प्रतिक्रिया