Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

सुर्खेत – हुम्लाबाट सुर्खेतको लागि उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ । हुम्ला विमानस्थलबाट ३ बजेर ४५ मिनेटमा सुर्खेतको लागि उडेको सिंगल इन्जिन भएको विमान उडेको १०/१५ मिनेटमै सम्पर्कविहीन भएको हो ।

Makalu-Air-Crash

विमान दुर्घटनामा परेको हुनसक्ने मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विमान हुम्ला जिल्लाको खार्कुनाथ गाविस ३ स्थित कर्णाली नदीमा खसेको हुनसक्ने आशंका गरिएको छ ।

विमान दुर्घटनामा परेको खबर प्राप्त भएको र खार्कुनाथ प्रहरी चौकीबाट असहीको कमाण्डमा उद्दारको लागि प्रहरी पठाइएको डिआइजी माधव नेपालले बताउनु भयो ।

जहाजमा पाइलट र कोपाइलट मात्रै रहेको पनि क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । जहाजका पाइलट स्याङ्गे लामा भएपनि कोपाइलटको नाम भने खुल्न नसकेको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी नेपालले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया