Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

Prachand-Taking-Oath

कार्यक्रममा उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, सभामुख, पूर्व प्रधानमन्त्रीहरु, विभिन्न दलका नेता, कुटनीतिक नियोगका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

सपथपछि प्रधानमन्त्री दाहालले लैनचौरमा रहेको शहीदको शालिकमा माल्यार्पण गर्ने, कीर्तिपुर चम्पादेवी पुगेर कम्युनिष्ट नेता पुष्पलालको प्रतिमामा माल्यार्पण गर्ने र पेरिसडाँडामा पार्टीका शहिदहरुप्रति पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्पसपछि मात्रै उहाँले पदबहाली गर्नुहुने छ ।

बुधबार व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनबाट दाहाल देशको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया