Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सभापति शेरबहादुर देउवालाई आफू मन्त्री नबन्ने खबर पठाउनुभएको छ । मन्त्रिमण्डलमा केसीलाई स्वास्थ्य र रक्षा मन्त्रालयमध्ये एक छान्न देउवाले भन्नुभएको थियो ।

arjun-narshing-kc

केसीले मन्त्रिमण्डलमा कांग्रेसको नेतृत्व गरेर गएका बिमलेन्द्र निधिभन्दा आफू वरिष्ठ भएकाले कि त आफ्नो नेतृत्वमा कांग्रेस सरकारमा जानुपर्ने नभए आफूले गृहमन्त्रालय पाउनुपर्ने अडान लिनुभएको थियो ।

देउवाले निधिलाई गृह मन्त्रीको रूपमा चयन गरेकाले केसीलाई गृहमन्त्री बनाउन नसक्ने जानकारी केसीलाई दिनुभएको थियो । लामो समयसम्म कांग्रेसभित्र कोइराला खेमामा रहेका केसी गत महाधिवेशनमा मात्रै संस्थापन पक्ष छोडेर देउवासँग मिल्न आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया