Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

लण्डन – बेलायतको राजधानी लण्डनमा एक व्यक्तिले मानिसमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट एक महिलाको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् । रसल स्क्वायरमा आक्रमणकारीले चक्कु प्रहार गर्न थालेपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए ।

1

त्यसपछि मात्रै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेको थियो । प्रहरीले रसल स्क्वायरबाट एक पुरुषलाई पक्राउ गरेको छ ।  यो आतंककारी आक्रमण हो कि होइन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षा चेकजाँच बढाइएको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया