Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – काँग्रेस र माओवादीबीच बिहीबार नै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी भएको छ । मन्त्रालयको भागबण्डा टुंगिए पनि मन्त्री छान्न पार्टीभित्रको आन्तरिक गृहकार्य नभएको कारण जनाउँदै सानो आकारको बनाउने तयारी गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

काँग्रेसले पार्टीका तर्फबाट विमलेन्द्र निधिको नेतृत्वमा तीन सदस्य पठाउने तयारी गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा नेतृत्वसहित तीनजनालाई सरकारमा पठाउन लागेको आफू निकट नेतालाई जानकारी गराए पनि निधिबाहेक अरूको नाम तय गरिएको छैन । पहिलो चरणमा काँग्रेसबाट अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, रमेश लेखक मध्येबाट मन्त्री बन्ने सम्भावना छ ।

निधिलाई उपप्रधानमन्त्री बनाएर नेतृत्वमा पठाइने भएपछि केसीले आफूले गृह मन्त्रालय पाउनु पर्ने दाबी गरेका छन् । तर, देउवाले निधिलाई गृहसहित नेतृत्वमा पठाउने तयारीमा छन् । केसीलाई स्थानीय विकास र कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा छन् । परराष्ट्र नपाए आफू सरकारमै नजाने धारणा कोइरालाले राखेका छन् । माओवादी केन्द्रको बिहीबार बिहान बस्ने हेडक्वार्टर बैठकले आफ्नो पार्टीबाट मन्त्रीमा जानेहरुको नाम छनोट गर्ने भएको छ ।

पहिलो चरणमा माओवादीबाट मन्त्री हुनेमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साह लगायतको नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया