Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो । 1470230758361_RoS_KTM_160803_IMG_1397

खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले गर्नुभएको थियो । करिब ५० जनाको हाराहारीका केन्द्रका कार्यकर्ताले मैनबत्ती बालेर विजय उत्सव मनाइरहेका बेला एक जना अर्धनग्न युवा ‘प्रचण्ड देशद्रोही हुन’ भन्दै नारा लगाउन थाले । आजको अन्नपूर्णमा खबर छ ।

माओवादीको वाहीवाही र जिन्दाबाद नारा लागिरहेको बेला शरीरमा प्रचण्ड देशद्रोही हुन्, विकास विरोधी हुन् भन्ने नारा लेखेर ती युवा चिच्याउन थालेपछि उनी माओवादी केन्द्रका कार्यकर्ताको निशानामा परे । कार्यक्रममा सहभागीले ती युवालाई पिट्न थाले ।

लगत्तै प्रहरीले हस्तक्षेप गरेर माइतीघर नजिकै सैनिक मुख्यालयको कम्पाउन्डभित्र युवालाई पुर्‍यायो । ती युवा थिए, स्यूचाटार निवासी श्याम खत्री । प्रचण्डले भारतीय इसारामा केपी ओली नेतृत्वको सरकार ढलाएर विकासविरोधी काम गरेको आरोप खत्रीले लगाएका छन् ।

तपाईको प्रतिक्रिया