Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व चयनका लागि प्रभावशाली केन्द्रीय सदस्य र पदाधिकारीको बैठक बोलाउनुभएको छ ।

उक्त बैठकले सरकारमा सहभागी हुने केही मन्त्री र सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय गर्ने जनाइएको छ । मन्त्री बन्ने आकांक्षीको संख्या बढी भएपछि देउवाले बैठक बोलाउनुभएको हो । बैठक आज बिहान बस्दैछ । सरकारको नेतृत्वका लागि नयाँ गठबन्धन निर्माणका लागि काँग्रेसबाट सक्रिय र नेतृत्वदायी भूमिका खेल्नुभएका विमलेन्द्र निधि मुख्य दाबेदार हुनुहुन्छ ।

उहाँका साथै गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले पनि सरकाको नेतृत्व दाबी गर्दै आउनुभएको आजको अन्नपूर्णमा खबर छ । काँग्रेसबाट सरकारको नेतृत्व गर्ने तीव्र इच्छा व्यक्त गर्नुभएका नेता निधिलाई पार्टी उपसभापति वा उपप्रधानमन्त्रीमध्ये एक पद रोज्न दबाब परेको छ ।

स्रोतका अनुसार देउवाले उपसभापति बनाउने इच्छा व्यक्त गरेपनि निधिको उपप्रधानमन्त्री हुने इच्छाका कारण सरकारको नेतृत्वमा उनैलाई पठाउने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया