Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

नेपालगञ्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धर्मनिरपेक्षता नेपाली कांग्रेसको एजेण्डा नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आइतबार नेपालगञ्जमा गरेको कार्यकर्ता भेलामा नेता कोइरालाले ‘धर्मनिरपेक्षता कसरी भयो ? यो कांग्रेसको एजेण्डा होइन’ भन्नुभयो । नेता कोइरालाले धर्मनिरपेक्षता र संघीयताको विषयमा पार्टीको आधिकारिक धारणा भन्दा फरक भनाई कार्यकर्ता भेलामा राख्नुभएको हो ।

कोइरालाले आगामी सरकारमा नेपाली कांग्रेसको नेतृत्व गर्नेले सबै पक्षलाई मिलाएर लैजान सक्ने बताउनुभयो । सरकारका मन्त्रीको काम प्रभावकारी बनाउनका लागि पनि सबै पक्षका नेता कार्यकर्तासँग समान व्यवहार गर्नुपर्नेमा नेता कोइरालाले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया