Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

नयाँ दिल्ली – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले साउदीमा रहेका भारतीयहरुलाई भोकमरीको शिकार बनेका भारतीय नागरिकलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

साउदी अरबमा १० हजार भारतीय नागरिक भोकमरीको शिकार भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका झण्डै ३० लाख भारतीयमध्ये १० हजारको हाराहारीमा भोकमरीको शिकार बनेको बताइएको छ ।

saudi

कच्चा तेलको मूल्यमा गिरावट आएपछि साउदी अरब र अन्य खाडी मुलुकमा आर्थिक संकट निम्तिएको हो । जसका कारण साउदीका केही कम्पनी बन्द भएका छन् भने केहीले समयमा पारिश्रमिक दिन नसकेको बताइएको छ ।

भारत सरकारकाअनुसार साउदी अरब, बहराइन, कुवेत, कतार, युएई र ओमानमा गरी करिब ६० लाख भारतीय वैदेशिक रोजगारीमा रहेका छन् । – (एजेन्सी)

तपाईको प्रतिक्रिया