Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवालीले विभिन्न बहानामा नेपालमा दमन गर्ने सोच नराख्न भारतलाई चेतवानी दिएको छ ।

netra bikram cgand विप्लव माओवादीका अन्तर्राष्ट्रिय विभाग प्रमुख ‘कञ्चन’ले जारी गरेको विज्ञप्तिमा कोसी बाँधमा नेपालका माओवादी र अन्तर्राष्ट्रिय आतंकवादीको बहाना बनाएर दमन गर्ने षडयन्त्र नगर्न भारतलाई कडा चेतावनी दिएको हो । नेपालमाथि दमन गर्न खोजिए भारतलाई नै आत्मघाती हुने उसले जनाएको छ ।

‘राष्ट्रिय स्वाधीनताको संघर्षलाई कथित आतंकवादको हवाला दिएर ओझेलमा पार्ने र नेपाललाई त्रासको छायाँमुनि नियन्त्रण गर्ने अतिक्रमणकारी, हस्तक्षेपकारी बाटो भारतले पकडेको छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपाली जनताले दशकौंदेखि सञ्चालन गर्दै आएका स्वाधीनताको संघर्ष साथै नेपालमा जनताको सत्ता स्थापना गर्ने अभियानलाई कुनै प्रभाव पर्ने छैन । बरु भारतले नै अरू ठुला प्रतिरोधहरुको सामना गर्नु पर्नेछ ,’ विज्ञप्ति मार्फत भनिएको छ ।

तपाईको प्रतिक्रिया