Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपालमा हुन लागेको सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै भारतले यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ । यसअघि चीनले पनि सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भनेको थियो ।

भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भन्नुभयो,‘नेपालको पछिल्लो राजनीतिक विकासलाई हामीले नितान्त अन्तारिक मामिलाका रुपमा लिएका छौं । त्यसैले यस विषयमा टिप्पणी गर्दिनँ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

नेपालमा बाढी र पहिरोका कारण मानिसको मृत्यु भएकोप्रति भारतले दुःख व्यक्त गरेको छ । दुई देशको सीमा नजिकै बाढी आइरहेका कारण आफूहरुलाई पनि समस्या आइपरेको प्रवक्ता स्वरुपले बताउनुभयो ।

‘नेपाल सरकारले आग्रह गरेमा बाढी पहिरोमा परेकाको उद्धारमा नेपाल सरकारलाई सहयोग गर्न हामी तयार छौं,’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया