Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले राप्रपा नेपालसँग चाँडो एकता हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले एकीकरणपछि नयाँ पार्टीमा निर्देशन समिति निर्माण गरिने, त्यसले सम्पूर्ण पार्टीलाई सञ्चालन गर्ने र त्यसको नेतृत्व आफूले गर्ने बताउँदै पार्टीको अध्यक्ष कमल थापालाई बनाउने सहमति भएको जानकारी दिनुभयो । नेता राणाले भन्नुभयो, “पार्टी एकतापछि कस्तो नीति लिनेबारे अहिले छलफल भइरहेको छ, कतिपय असहमतिका बुँदामा हामी महाधिवेशनबाट टुङ्गोमा पुुग्छौँ ।” मुलुकमा अब हिन्दू गणतन्त्रलाई स्थापित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अब हुन लागेको पार्टी एकता कहिल्यै नफुट्ने गरी हुने एकता हो, विवादित विषय महाधिवेशनले टुङ्गो लगाउने सहमति भएको छ ।”

अध्यक्ष राणाले काँग्रेस–माओवादी केन्द्रबीच बनेको नयाँ गठबन्धनमा सहभागी हुने तथा उक्त गठबन्धनको सरकारलाई आफ्नो पार्टीले समर्थन गर्ने वा नगर्ने निर्णय एकीकरणपछि गरिने संयुक्त बैठकले निर्धारण गर्ने प्रष्ट पार्नुभयो ।

उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले भूकम्पपीडित जनतालाई राहत प्रदान गर्न नसकेको, कालोबजारी नियन्त्रण गर्न नसकेकोे, मधेसको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयनमा गति लिन नसकेको बताउँदै पछिल्लो समय संसद्बाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया