Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

जाजरकोट – जाजरकोट प्रहरीले लागु औषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायकबडा–६ का नीमबहादुर सिंह र नायकबडा–८ का कुशबहादुर महतारालाई प्रहरीले प्रक्राउ गरेको छ ।

afim

लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालय जाजरकोटको संयुक्त प्रहरी टोलीले भेरीमालिका नगरपालिका–४ शान्तिचौताराको एक होटलमा लुकाईछिपाई राखेको अवस्थामा एक किलो चार सय ग्राम लागुऔषध अफिमसहित उनीहरुलाई प्रक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक दानबहादुर मल्लले बताउनुभयो ।

उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि पनि जाजरकोट प्रहरीले जाजरकोटमा लयाएको झण्डै ६० रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको थियो ।

तपाईको प्रतिक्रिया