Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौँ – नयाँ सरकार गठनको तयारीमा जुटेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अरू दलको पनि समर्थन जुटाउन गृहकार्य थालेका छन् ।

आन्दोलनरत मधेसी मोर्चाले समर्थन मात्र गर्छु भनेकाले उसलाई सरकारमै सहभागी गराउनको लागि पहल भइरहेको नेताहरूले बताएका छन् । बुधवार प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका काँग्रेस र माओवादीलाई नेकपा संयुक्तले साथ दिइसकेको छ ।

मधेसी मोर्चाले भने अविश्वासको पक्षमा मतदान गर्ने, तर सरकारमा सहभागी नहुने जवाफ दिएको छ । मोर्चा लगायत अरू साना दललाई सरकारमै सहभागी गराउन दुई दलले पहल गरेका हुन् ।

प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए पनि अर्को हप्तादेखि मात्र यसको प्रक्रिया सुरु हुन्छ ।

तपाईको प्रतिक्रिया