Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौँ – टरिजा मे बेलायतको नयाँ प्रधानमन्त्री बन्नुभएको छ ।

निर्वतमान प्रधानमन्त्री डेबिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीकी नेतृ टरिजा नयाँ प्रधानमन्त्री बन्नुभएको हो । बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले राजीनामा दिनुभएको हो । प्रधानमन्त्री बने लगत्तै टरिजाले इयुबाट बाहिरिएपछि बेलायतले विश्वमा आफ्नो छुट्टै र साहसी भूमिका निर्वाह गर्ने बताउनुभयो । final

५९ वर्षीया प्रधानमन्त्री टरिजा मे बेलायतको प्रधानमन्त्री बन्ने दोस्रो महिला बन्नुभएको हो । यसअघि मारग्रेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको थियो । टरिजा सन् १९९७ देखि लगातार बेलायती संसद्को सदस्य रहनुभएको थियो । टरिजा  प्रधानमन्त्री बन्नुअघि क्यामरुले महारानीसमक्ष राजीनामा बुझाउनुभएको थियो । प्रधानमन्त्री बने लगत्तै टेरेसाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

इयुबाट बाहिरिने पक्षमा प्रचारप्रसार गरेका बोरिस जोनसन विदेश मन्त्रीमा नियुक्त हुनुभएको छ । क्यामरुनको सरकारमा विदेश मन्त्री रहनुभएका फिलिप ह्यामण्ड अर्थ मन्त्री, पूर्व उर्जा मन्त्री एम्बर रुड्ड गृहमन्त्री बन्नुभएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया