Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापना यताको २२ औं हो । यो सरकार पनि नौ महिना मै सङ्कटमा पर्‍यो । सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पर्ने प्रस्ट छ ।

यी २६ वर्षमा ६ पटकमात्रै आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेको छ । मुलुकको आर्थिक वृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिने भए पनि २६ वर्षमा अर्थतन्त्रमा सबैभन्दा ठुलो प्रभाव राजनीतिले नै पारेको देखिन्छ । यस अवधिमा राजनीतिक स्थायित्व भएको वा हुने आशा गरेर निर्वाचन भएका वर्षमा उच्च आर्थिक वृद्धि भएको छ । प्रजातन्त्र पुनःस्थापना भएकै आर्थिक वर्ष २०४७/०४८ मा ६ दशमलव ३ प्रतिशत वृद्धि भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

हालसम्मकै सबैभन्दा बढी आर्थिक वृद्धि भने आव २०५०/०५१ मा हासिल भएको थियो । उक्त वर्ष ७ दशमलव ६ प्रतिशतको वृद्धि भएको थियो । २०५१ मै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नै पार्टीको समर्थन जुटाउन नसकेपछि संसद भङ्ग गरेर निर्वाचन घोषणा गरेका थिए ।

विश्लेषकहरु त्यहीँबाट नै मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको बताउँछन् । त्यसयता कुनै पनि सरकार ३ वर्ष टिकेका छैनन् ।

तपाईको प्रतिक्रिया