Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

बग्दाद– इराकको राजधानी बग्दादमा आइतबार भएको विस्फोटमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार दुई विस्फोटमा परी अन्य १७६ जना घाइते भएका छन् ।

अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले करादा क्षेत्रस्थित एउटा रेस्टुरेन्ट नजिकै आफूले विस्फोट गराएको जनाएको छ । अर्को विस्फोट भने उत्तरी बग्दादमा भएको थियो ।

bagdad

करादाको व्यस्त क्षेत्रमा भएको विस्फोटमा परी ७८ जनाको मृत्यु भएको अस्पतालस्रोतले जनाएको छ । सो विस्फोटमा १६० जना घाइते भएको जनाइएको छ । अर्को विस्फोटमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । – एजेन्सी

तपाईको प्रतिक्रिया