Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – निर्वाचनमा जित हाँसिल गर्नको लागि ल्याउनु पर्ने मत तीनै जना उम्मेद्वारले ल्याउन नसकेपछि नेपाली कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने भएको छ । अबको मतदान भने महिलो हुने सभापतिका उम्मेद्वार शेरबहादुर देउवा र दोस्रा हुने रामचन्द्र पौडेलबीच हुने भएको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवालाई पार्टी सभापति बन्न केवल ११ भोटले छेक्यो ।
आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । कांग्रेसको विधानमा सभापति हुन बुहमत (५० प्लस एक) आवश्यक पर्ने व्यवस्था भएकाले विजयी हुने १ हजार ५७५ मत चाहिन्थ्यो । तर, देउवाले १ हजार ५६४ मत ल्याउनु भयो भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १५४ मत ल्याउनु भएको थियो । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत मात्र ल्याउनु भएको छ । १०७ मत भने बदर भएको छ ।

तपाईको प्रतिक्रिया