Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – नेपाली काँग्रेसको १३औँ महाधिवेशनको दुई दिन चलेको बन्दसत्र आज तीनवटै प्रस्ताव परिमार्जनसहित पारित गर्दै सम्पन्न भएको छ । शुक्रबार सुरु भएको बन्दसत्रमा कार्यवाहक सभापति रामचन्द्र पौडेलका तर्फबाट नीति तथा कार्यक्रम, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका तर्फबाट साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष चित्रलेखा यादवका तर्फबाट आर्थिक प्रतिवेदन पेस गरिएको थियो ।
दुई दिनसम्म चलेको बन्दसत्रमा ४२ जना जिल्ला सभापति, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि र महाधिवेशन प्रतिनिधिले सबै प्रतिवेदनमाथिको छलफलमा भाग लिनुका साथै सुझाव दिएका थिए । बन्दसत्रमा साङ्गठनिक प्रतिवेदनमाथि महाधिवशेन प्रतिनिधिले उठाएका प्रश्नको जवाफ महामन्त्री सिटौलाले दिनुभएको थियो भने पार्टीको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नेता महेश आचार्यले दिनुभएको थियो ।
बन्दसत्रको पहिलो दिन विधानमा रहेको अञ्चलबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको प्रावधानलाई बाधा अड्काउ फुकाउ व्यवस्थाअनुसार संशोधन गरिएको थियो । त्यस्तै महाधिवेशन प्रतिनिधिको सुझावअनुसार पार्टीको नयाँ चयन हुने नेतृत्वले यथाशीघ्र महासमितिको राष्ट्रिय भेलामार्फत पार्टीको विधान संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बन्दसत्रमा भएको छलफलपछि शुक्रबार तीनवटै प्रतिवेदनलाई परिमार्जन सहित पारित गरिएको पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । काँग्रेसले महाधिवेशन प्रतिनिधिको सुझावअनुसार संविधानको प्रभावकारी कार्यान्वयन र संविधानलाई सर्वस्वीकार्य बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

तपाईको प्रतिक्रिया