Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाली काँग्रेसको १३औं महाधिवेशनबाट आगामी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सभापति, महामन्त्री र कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्यका लागि बिहान ८ देखि अपराह्न ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।
सभापति पलका लागि पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेसको विधानअनुसार सभापति पदमा निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा पुनः निर्वाचन गर्ने व्यवस्थासमेत निर्वाचन समितिले मिलाएको छ ।
त्यसैगरी, महामन्त्रीमा नेतात्रय अर्जुननरसिंह केसी, डा शशांक कोइराला र गगन थापा उम्मेदवार हुनुहुन्छ । कोषाध्यक्ष पदमा सीतादेवी यादव, चित्रलेखा यादव र उमाकन्त चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनले समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका आधारमा ६१ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।
काँग्रेसको विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ जना सदस्य गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधिले आज मतदानमा भाग लिनेछन् ।

तपाईको प्रतिक्रिया