Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

टोकियो – चर्चित लोक गायक बद्री पंगेनीले शुक्रवार जापानको राजधानी टोकियोमा जापानबासी नेपालीहरुलाई भावविहवल बनाए ।

राष्ट्रिय झण्डा फहराउँदै स्टेजमा उत्रिएका बद्रीले ‘आमा बिदा पाउँदिन, अहिलेको साल पनि आमा घर आउँदिन’ बोलको गीत गाउँदा धेरै दर्शकहरुको आँखा रसाएका थिए । धन कमाउने आशामा परदेश पुगेका छोराहरुको व्यथालाई गीतमार्फत व्यक्त गर्दा धेरै आमाहरु धुरुधुरु रुन थाले ।

आमालाई भुलाउन स्टेजबाट तल झरेका बद्रीले पनि आफुलाई थाम्न सकेनन् । माइकको छेलपारी आफ्नो आँशु पुछे । आफूले गाएको गीतमा रोएका आमालाई सम्झाउँदै गायक बद्रीले मञ्चबाटै युवालाई स्वदेशमै रोजगारको व्यवस्था सुनिश्चित हुनुपर्ने बताए ।

‘कसैका छोरा छोरी पनि विदेश जान नपरोस्, नेपालमै आमाबुवासँगै बस्न पाइयोस्,’ बद्रीले भने, ’कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस् ।’

त्यस्तै गायक बद्रीले मुस्ताङ र जुम्लामा स्याउ कुहिएर खेर गएको तर राजधानी लगायतका सहरमा बिदेशी स्याउको भाउ बढेको सन्देश गीतबाटै दिए । उनले रोजगारको शिलशिलामा जापानमा रहेका नेपालीहरुलाई मायाको चिनो स्वरुप ढाका टोपी शिरमा लगाइदिएका थिए भने नेपालप्रतिको माया कहिल्यै नघटोस् भनेर आफुले साथमा ल्याएका राष्ट्रिय झण्डा पनि प्रदान गरे । ***

badri

Badri 3

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया