Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै “समाजवाद नामका पसल” चल्न नदिने बताएका छन्। अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेको नीति र नेतृत्व मान्नेलाई स्वागत गरिने तर बार्गेनिङ गर्नेहरूलाई अवसर नदिइने स्पष्ट पारे।

ओलीले भने, “हाम्रो नीति र नेतृत्व स्वीकार गर्छन् भने आउन स्वागत छ, तर बार्गेनिङ गर्ने छुट छैन। समाजवादसँग कुनै साइनो नभएकाहरू समाजवादको नाम लिएर पसल खोल्न खोज्दैछन्। हामीले यस्ता पसल चल्न दिनु हुँदैन।” उनले अनावश्यक महत्त्व दिन नहुने भन्दै योग्यताका आधारमा मात्र जिम्मेवारी दिनेमा जोड दिए।

पार्टीभित्र प्रजातन्त्र र जनवादको नाममा अराजकता फैलाउने कामलाई बर्दाश्त नहुने बताउँदै अध्यक्ष ओलीले पार्टी तथा जनसंगठनहरूमा नेतृत्वको निर्णय स्वीकार्नुपर्ने आवश्यकता औंल्याए। उनले अनेरास्ववियु एकताबद्ध भएर आगामी फागुन १५ गतेको स्ववियु निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गरे।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया