Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अदालतले रिहा गर्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने तत्काल रिहा नहुने भएका छन्। रविविरुद्ध कास्कीबाहेक अन्य ४ जिल्लामा समेत पक्राउ पुर्जी जारी भएकाले कास्कीमा धरौटी बुझाएर मात्र उनी रिहा हुने देखिन्न। काठमाडौं प्रहरी उनलाई पुनः पक्राउ गर्नका लागि तयारी अवस्थामा रहेको छ। जिल्ला अदालतले सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीकै जिम्मामा राख्नुपर्ने माग अनुसार अदालतले उनलाई प्रहरीलाई जिम्मा लगाउन लागेको जनाएको छ।

रविविरुद्ध आर्थिक अपचलन मुद्दामा धरौटीमा रिहा गर्ने आदेश भए पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुनै आदेश नआएको कारण प्रहरीले थप अनुसन्धान गर्ने तयारी गरेको छ। काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार दर्ता गरेको मुद्दाका कारण कास्की प्रहरीले उनलाई ती जिल्ला पठाउने तयारी गरिरहेको जनाएको छ। चितवन, पर्सा, कास्की, काठमाडौं र रुपन्देहीका विभिन्न अदालतमा रविसहितका प्रतिवादीविरुद्ध सहकारी ठगी मुद्दा अगाडि बढाइएको छ।

रास्वपा स्रोतले अदालतले निर्धारण गरेको ६५ लाख धरौटी सक्दो छिटो बुझाइने बताएको छ। प्रहरी स्रोतले भने रविलाई कास्की प्रहरीको जिम्मा लगाएपछि भैरहवा वा काठमाडौं ल्याउने विषयमा स्पष्ट जानकारी नभएको जनाएको छ। धरौटीमा रिहा गर्न आदेश भएका अन्य प्रतिवादी पनि समान प्रक्रियाबाट अघि बढाइने बताइएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया