Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – जापान छन्त्याल संघले टोकियोमा एक विशेष कार्यक्रमको आयोजना गरी माघे संक्रान्ति (छार म्हेङ) पर्व उल्लासमय रूपमा मनाएको छ । छार म्हेङबाटै छन्त्यालहरूको नयाँ वर्ष सुरु हुने चलन रहेकाले यो पर्वलाई उल्लासमय रूपमा मनाइएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संघका अध्यक्ष गंगबहादुर छन्त्याल र वरिष्ठ सल्लाहकार जोन छन्त्यालले छन्त्यालहरूको १२ थरमा संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै जापान छन्त्याल संघका वरिष्ठ सल्लाहकार जोन छन्त्यालले छन्त्यालहरूको थर अझै पनि कतिपयलाई थाहा नभएकाले यसलाई प्रचारप्रसार गर्न जरुरी रहेको बताए । छन्त्यालहरूको रीतिरिवाजलाई भुल्न नहुनेमा उनको जोड् छ ।संघका अध्यक्ष गंगबहादुरले जुन ठाउँमा रहेपनि हाम्रो भाषा संस्कृति रीतिरिवाजलाई भुल्न नहुने बताए । ‘हामी जुनसुकै भूगोलमा भए पनि हाम्रो पहिचान हाम्रो भाषा र संस्कृतिमा अडिएको छ,’ उनले भने, ‘यसलाई जगेर्ना गर्न सबैको जिम्मेवारी हो ।’

सो अवसरमा विविध सांस्कृतिक प्रस्तुति पनि रहेको थियो । छन्त्याल समुदायका परम्परागत नृत्य, गीत र भेषभूषाले कार्यक्रममा उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।माघे संक्रान्ति (छार म्हेङ) पर्व छन्त्यालहरूको विशेष महत्त्व बोकेको चाड हो । देश विदेशमा छन्त्यालहरूले यो चाडलाई विशेष चाडको रूपमा मनाउने गरिन्छ । पर्व विशेषमा गरिने यस्ता कार्यक्रमहरूले विदेशमा पनि नेपाली संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने आम बुझाई रहेको पाईन्छ । ***

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया