Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालमा दुई दलीय तानाशाही खपिनसक्नु भएको भन्दै आपत्ति जनाएका छन्। धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधताले भरिएको देशमा साना समूहहरूको आवाज दबाउने उद्देश्यले निर्वाचन कानुन संशोधन गरी थ्रेस होल्ड बढाउन लागेकोप्रति राउतले सामाजिक सञ्जालमार्फत कडा आलोचना गरेका छन्।

राउतले फेसबुकमा लेखेका छन्, ‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकि उनीहरूले कम्तिमा आफ्ना समस्या सदनमा राख्न पाऊन्,’ उनले भनेका छन्, ‘कुनै ऐन–कानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस्। त्यसका विपरीत ६–७ लाख गर्दै दसौं लाख (३०–४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र त्यसको हिस्सा ठूला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आम जनतालाई स्वीकार्य हुन सक्दैन। हामी संघर्षका लागि तयार छौं। दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन।’

उनले समानुपातिक प्रणालीमा सुधारको नाममा प्रतिनिधिसभामा पाँच प्रतिशत र प्रदेशसभामा तीन प्रतिशत थ्रेस होल्ड लागू गर्न सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको आरोप लगाए। हालको व्यवस्था अनुसार, प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा डेढ प्रतिशतको थ्रेस होल्ड। जसलाई दोब्बर बनाउन खोजिएको उनले बताए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया