Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी गरेको मुद्दामा प्रतिवादी रवि लामिछानेले पुर्पक्षका लागि थुनामा नराखी बाहिरै राख्न आग्रह गरेका छन्। थुनछेक बहसको अन्तिम दिन, न्यायाधीश नीतिज राईको इजलासमा आफ्नो धारणा राख्दै लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्न पहल गर्ने सर्तमा थुनाबाहिर रहने अनुमति दिन अनुरोध गरे।

लामिछानेले गृहमन्त्री हुँदा शक्ति दुरुपयोग नगरेको र अब पनि त्यस्तो अवस्था नरहेको तर्क गरे। उनले अदालतले धरौटीमा छाड्ने निर्णय गरे आफूले बचतकर्ताको रकम फिर्ताका प्रयासहरूको रिपोर्ट अदालतमा पेस गर्ने बताए। उनले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी जिम्मेवार दल रहेको उल्लेख गर्दै सहकारी समस्याबारे तयार गरिएको ५५ पृष्ठ लामो प्रतिवेदन संसदीय छानबिन समितिले स्वीकार गरेको तथ्य प्रस्तुत गरे।

पुस १६ बाट कास्की जिल्ला अदालतमा सुरु भएको थुनछेक बहस बिहीबार सकिएसँगै फैसला आजै आउने सम्भावना छ। तर, धरौटीमा रिहा भए पनि लामिछाने तत्काल हिरासतबाट मुक्त नहुने देखिन्छ, किनभने अन्य चार जिल्लामा पनि अनुसन्धान जारी रहेको छ। यस्तै, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी मुद्दामा समेत अभियोग दर्ता भइसकेको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया