काठमाडौं – सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पूर्वडीआईजी जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले रास्वपाका पूर्वसभापति एवं पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका थिए । जोशी पनि नेटवर्कका सञ्चालकमध्येका एक थिए ।
लामिछाने, जोशी लगायतलाई संगठित रुपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.