एक दशक अघि रिलिज भएको चलचित्र “साथी” मा करिश्मा मानन्धरसंग “आई लभ यू” भन्न सिकेका अभिनेता राजेश हमालले फेरि एक पटक आई लभ यू भन्ने भएका छन् ।
गायक राजेशपायल राईले गाएको उक्त गितलाई लाईभ पर्फमेन्स मार्फत हमालले दमकका स्थानीय बासीहरु माझ “आई लभ यू” भन्दै कम्मर मर्काउन लागेका हुन् । महानायकका पब्लिक रिलेसन अफिसर (पिआरओ) चिरञ्जीवी आचार्यले दिएको जानकारी अनुसार ब्यस्त सुटिङ तालिकाबाट केही दिन विश्राम लिदै उनी पूर्वाञ्चल आयोजना हुन लागेको दमक महोत्सवमा सहभागी हुँदैछन् ।
महोत्सवमा कुनै समय निकै हिट भएको चलचित्र “साथी” को “मलाई पनि अग्रेजीमा बोल्न सिकाई देऊ न…” मा उनी डान्स गर्ने छन् । उनलाई गायक राजेश पायल राईले साथ दिने छन् भने अपोजिट फिमेल क्यारेक्टर भने आयोजकको रोजाईमा हुने बताइएको छ ।
महोत्सव माघ १४ गते देखि २६ गते सम्म हुदैछ तर हमाल १९ गतेका दिन मात्र महोत्सवमा सहभागी हुनेछन् । उक्त महोत्सवमा दर्शकलाई आई लभ यू भनेपछि हमाल माघ २२ गते भारतको मेघालयमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुन पुग्दैछन् ।
नेपाली सिनेमाको राम्रो मार्केटको रुपमा रहेको पूर्वाञ्चलमा कलाकारहरुको क्रेज धेरै छ । गत दशैमा आर्यन सिग्देल दमक पुग्दा ग्रामिण भेग देखि बस रिर्जभ गरेर स्थानीय बासी आर्यनलाई हेर्न सिनेमा हल सम्म पुगेका थिए ।
भारी रकम तिरेर आयोजकले महानायकलाई महोत्सवमा सहभागी गराउने भएपछि पूर्वाञ्चलमा उक्त महोत्सवको पब्लिसिटी ब्यापक भैरहेको छ ।