समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेकोले उनलाई अदालतमा ल्याइएको हो। अदालत स्रोतका अनुसार अभियोजनपत्र अझै प्राप्त नभए पनि कानुनी प्रक्रिया अघि बढाउन उनलाई उपस्थित गराइएको हो। अदालत परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा रविसहित ३२ जनाविरुद्ध अभियोगपत्र दर्ता गर्न लागेको बताइएको छ।
सो प्रकरणमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ। रवि लामिछाने भने गत कात्तिक २ देखि प्रहरी हिरासतमा छन्।