टोकियो – आगलागीमा परी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सांसद कुनिको इनोगुचीका श्रीमान् र छोरीको मृत्यु भएको पुष्टि भएको छ । राजधानी टोकियोको एक अपार्टमेन्ट भवनमा लागेको आगलागीपछि फेला परेका दुई शवहरू सांसद इनोगुचीका श्रीमान् र जेठी छोरीको रहेको पुष्टि भएको हो ।
प्रहरीले आइतबार शवको पहिचान गरेको हो । आगलागीको कारण भने अझै अज्ञात रहेको छ । इनोगुचीका पति ८० वर्षीय ताकाशीको मृत्यु भएको छ । उनी टोकियो विश्वविद्यालयका एमेरिटस प्राध्यापक थिए । उनकी ३३ वर्षीया छोरीको पनि आगलागीका कारण जलेर मृत्यु भएको प्रहरीले बताएको छ ।
बुधबार साँझ ७ः१० बजे ६ तले भवनमा आगो लागेको थियो । आगलागीले भवनको करिब १५० वर्गमिटर क्षेत्रफललाई क्षति पुर्याएको छ । दुवै शवहरू भान्साकोठा नजिकै फेला परेका थिए । गलागीको समयमा सांसद इनोगुची र उनकी कान्छी छोरी घरमा थिएनन् ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.