Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – २०७२ को विनाशकारी भूकम्पले ध्वस्त पारेको ऐतिहासिक धरहरा पुनःनिर्माणपछि सञ्चालन भएको एक महिना पुगेको छ। सञ्चालन अवधि भरमा धरहराबाट रु. ५५ लाख राजस्व सङ्कलन भएको छ। गत मंसिर ९ गते सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको यो स्थलमा दैनिक करिब १,२०० व्यक्तिले भ्रमण गर्ने गरेका छन्।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले १२ वर्षभन्दा कम उमेरका बालबालिकाको तथ्याङ्क बाहेक, हालसम्म ३१,००० भन्दा बढी नागरिकले धरहरा चढेको जनाएका छन्। धरहरा चढ्न बिहान १०:३० देखि दिउँसो ३:०० बजेसम्म समय छुट्याइएको छ। छिमेकी मुलुक भारत लगायत विभिन्न स्थानबाट आउने पर्यटकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

प्रवेश शुल्क प्रतिव्यक्ति रु. २०० निर्धारण गरिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५०% छुट पाउँछन्। सार्क राष्ट्रका पर्यटकले रु. ५०० र अन्य अन्तर्राष्ट्रिय पर्यटकले रु. १००० शुल्क तिर्नुपर्ने छ। धरहरा परिसरमा पार्किङ शुल्क दुई पाङ्ग्राका लागि रु. १० र चार पाङ्ग्राका लागि प्रतिघण्टा रु. २० रहेको छ। साथै, धरहरा स्तम्भमा विज्ञापन र व्यावसायिक गतिविधिका लागि छुट्टै शुल्क तोकिएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया