Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले ‘क्रिसमस डे’ मनाइरहेका छन्। इतिहासअनुसार, येशु ख्रीष्टको जन्म आजभन्दा २०२५ वर्षअघि इजरायलको वेथलेहेममा डिसेम्बर २५ का दिन भएको थियो। कुमारी मरियमको गर्भबाट पवित्र आत्माको प्रभावले जन्मिएका ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएका थिए।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले ख्रीष्टको शिक्षाले प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा यो पर्व मनाउन प्रेरित गरेको बताएका छन्। नेपालमा क्रिसमस डे २०६३ सालदेखि महोत्सवका रूपमा मनाउन थालिएको हो। यस अवसरमा सुरुमा सबैका लागि सार्वजनिक बिदा दिइए पनि हाल क्रिश्चियन समुदायका लागि छुट्टै बिदा तोकिएको छ। नेपालमा लगभग ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको र १५ हजारभन्दा बढी चर्च बनेको महासङ्घले जनाएको छ।

यस वर्ष क्रिसमस महोत्सव नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना हुने र सो अवसरमा सरकार र राजनीतिक दलका प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ। ठमेल, बौद्ध, पोखरा र सौराहा जस्ता ठाउँहरू विशेष सजावटसहित विदेशी पर्यटकलाई आकर्षित गर्ने तयारीमा छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया