Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता आजबाट सुरू भएको छ। सिंहदरबारमा बिहान सर्टलिस्ट भएका तीन उम्मेदवारमध्ये दुई जनाले अन्तर्वार्तामा सहभागिता जनाएका छन्। बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की अन्तर्वार्तामा उपस्थित भए पनि तेस्रो उम्मेदवार चिरञ्जीवी चापागाईं अनुपस्थित रहेका छन्।

अध्यक्ष सिफारिस समितिले तीनै उम्मेदवारलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको हो। यसअघि गत असोज १८ मा अन्तर्वार्ता तय गरिए पनि समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगन गरिएको थियो।

सिफारिस समितिले यसअघि १९ आवेदनमध्ये मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई सर्टलिस्ट गरेको थियो। तर, केही उम्मेदवार अन्तर्वार्तामा अनुपस्थित भएका कारण प्रक्रिया लामो बनेको हो।

गत पुस २१ देखि अध्यक्षविहीन रहेको बोर्डका कारण प्राथमिक निष्कासन (आईपीओ), ऋणपत्र, हकप्रदलगायतका प्रक्रिया रोकिएका छन्। हाल ७७ कम्पनीले ४४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीका शेयर निष्कासनका लागि आवेदन दिएका छन्। अध्यक्षको नियुक्ति नहुँदा अनुमति प्रक्रिया अवरुद्ध हुँदै आएको छ।

 

 

तपाईको प्रतिक्रिया