Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिक काम सरकार टिकाउने भाषण गर्नुमा मात्र सीमित रहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार कुनै पनि बेला ढल्न सक्ने स्थितिमा रहेको बताउँदै प्रधानमन्त्री ओलीको ध्यान जनताका समस्याभन्दा आफ्नो सत्ता जोगाउन केन्द्रित रहेको टिप्पणी गरे।

विप्लवका अनुसार, सरकारको अस्थिरताले मुलुकको विकास र निर्माण कार्य प्रभावित भएको छ। उनले भ्रष्टाचारले जनतामा असन्तोष र आक्रोश थपेको दाबी गर्दै भ्रष्टहरूले सरकार हटाएर सत्ता कब्जा गर्न खोजिरहेको आरोप लगाए। महासचिव विप्लवले आफ्नो पार्टीका जेलमा रहेका नेता तथा कार्यकर्ताहरूको शीघ्र रिहाइको माग राख्दै सरकारलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया