Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले प्रतिशोधस्वरुप पक्राउ गरेको दाबी गरेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भेट्न आइपुगेका रास्वपा सांसद विराजभक्त श्रेष्ठसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मैले केही भन्नै परे पहिला पहिला बोल्नुपर्‍थ्यो, अहिले त मलाई के लागि पक्राउ गरेको जनताले बुझिसके’, रविको भनाइ उद्धृत गर्दै विराजभक्तले भने, ‘देशले परिवर्तन खोजेको छ, परिवर्तन खोज्ने यो शक्ति ठूलो हुन्छ । यो हाम्रो पार्टीको मात्रै कुरा होइन । देशमा विकल्प खोजेको शक्ति ठूलो हुन्छ ।’

रविले विराजभक्तसँगको भेटका क्रममा पार्टीभित्रको युनिटी (एकता) बलियो बनाइराख्न पनि भनेका छन् । ‘उहाँ (रवि) को मनोबल उच्च छ । किताबहरू पढिरहनु भएको छ’, विराजभक्तले भने, ‘बरु हामीलाई तनाव लिने कुरा छैन, पार्टीभित्र युनिटी (एकता) बचाइराख्न भन्नु भएको छ ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया