Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर ०७, २०८१
Friday, November 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्ध दायर गरिएको रिट आज पनि सर्वोच्च अदालतमा “हेर्न नभ्याइने” सूचीमा परेको छ।

न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको यो मुद्दामा आज छलफल हुने अपेक्षा थियो। तर, आज रिटको सुनुवाइ अघि नबढ्ने भएको हो। यसअघि, न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशलाई निरन्तरता दिने वा नदिनेबारे दुवै पक्षलाई छलफलका लागि बोलाइएको भए पनि सुनुवाइ अघि बढ्न सकेन।

गुरुङ दम्पतीले कीर्तिपुरको मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा नेकपा एमालेको पार्टी कार्यालय निर्माण गर्न असोज २५ मा भवन शिलान्यास गरेका थिए। उक्त जग्गा दान कानुनविपरीत भएको दाबी गर्दै अधिवक्ता डा. ज्ञान बहादुर बस्नेतसहितका कानुन व्यवसायीले रिट दायर गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया