Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखक र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीबीच सिंहदरबारस्थित गृहमन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ।

भेटमा नेपाल र भारतका सीमा सुरक्षा बलहरूबीच सौहार्दपूर्ण वातावरणमा भइरहेको सहकार्यबारे छलफल गरिएको थियो। गृहमन्त्री लेखकले सीमा क्षेत्रमा लागुऔषध तस्करी, मानव बेचबिखन र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशले आपसी सहयोग र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। गृहमन्त्रीले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै अपराध नियन्त्रणका लागि जनताको सहजता सुनिश्चित गर्न निर्देशन पनि दिए। उनले नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई स्मरण गराउँदै सीमामा हुने गतिविधिले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।

भेटघाटमा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबी प्रमुख अमृतमोहन प्रसादसहित दुवै देशका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

 

 

तपाईको प्रतिक्रिया