Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कञ्चनपुरको दक्षिणी सिमाना नजिकको १ हजार बिघा जमिन भारतीय पक्षले कब्जा गरेको विषयमा सरकारलाई गम्भीर कदम चाल्न आग्रह गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै कञ्चनपुरको सीमा स्तम्भ २७ र २८ को बीचमा पर्ने करिब ६६७ हेक्टर जमिन भारतीय पक्षले कब्जा गरेर खेतीपाती गरिरहेको कुरा सार्वजनिक गरेका हुन् । उक्त क्षेत्र नेपालको भूभाग भएको र भारतीय अतिक्रमण स्वीकार्य नहुने खनालको भनाइ छ ।

खनालले अतिक्रमण क्षेत्रको यथार्थ स्थिति पत्ता लगाउन तत्काल प्रभावकारी निरीक्षण टोली खटाउन सरकारसँग माग गरेका छन् । खनालको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भूमिमा भइरहेको अतिक्रमणको सामना गर्न सरकारलाई तदारुकता देखाउन आग्रह गर्दछु। यो मुद्दा हाम्रो राष्ट्रिय स्वाभिमान र सिमाको सुरक्षासँग प्रत्यक्ष जोडिएको छ । कुनै पनि ढिलाइले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई हानी पुर्याउन सक्छ ।’

खनालले सिमानामा भइरहेको भारतीय अतिक्रमणले दुई देशबीचको सीमा विवादलाई थप जटिल बनाउने चेतावनी पनि दिएका छन् । उनले सिमाना क्षेत्रमा रहेका स्थानीय जनताको सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भन्दै भारतसँगको वार्ता तत्काल सुरु गर्न सरकारलाई दबाब दिएका हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया