Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नबिल बैंकले यस वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। यो सम्मान राष्ट्रिय कर दिवसको अवसरमा सरकारको तर्फबाट बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका प्रमुख करदाताहरूलाई दिइन्छ। नबिल बैंकले अहिलेसम्म आठपटक यो सम्मान जित्न सफल भएको छ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मानित गरिएको हो। शनिबार, आन्तरिक राजस्व विभागले आयोजना गरेको विशेष समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका थिए। नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान ग्रहण गरे।

नबिल बैंकले यस अघि २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ का आधारमा सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो। नबिल बैंकले देशभरका २६८ शाखा र ३२० एटीएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया