Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक ०७, २०८१
Wednesday, October 23, 2024

काठमाडौँ – बंगलादेशमा राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शनकारीले राष्ट्रपति भवन ‘बङ्गभवन’ नियन्त्रणमा लिएका छन्। यसअघि, प्रधानमन्त्री शेख हसिनालाई हटाउने प्रयासमा ‘एन्टी-डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले पाँच बुँदे मागसहित राजधानी ढाकामा विरोध प्रदर्शन गरेको थियो।

राष्ट्रपतिको राजीनामासहितको माग राख्दै रातभर प्रदर्शनकारीहरूले बङ्गभवनतर्फ प्रस्थान गर्दा सेनाले उनीहरूलाई ब्यारिकेड लगाएर रोकेको छ। प्रदर्शनकारीले बाहिरै उभिएर साहाबुद्दिनलाई हसिनाको समर्थन गर्ने भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन्।

साहाबुद्दिन सन् २०२३ मा अवामी लिगको समर्थनमा निर्विरोध राष्ट्रपति बनेका थिए। ‘भेदभाव विरोधी विद्यार्थी आन्दोलन’ले १९७२ को संविधान खारेज गरी नयाँ संविधान लेख्न र अवामी लिगको विद्यार्थी सङ्गठनलाई प्रतिबन्ध लगाउन माग गरेको छ।

प्रदर्शनकारीले २०१८ र २०२४ को चुनावलाई अवैध घोषणा गर्न र चुनावमा विजयी सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग अघि सारेका छन्। यसै क्रममा, शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छिन् र नोबेल विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ।

तपाईको प्रतिक्रिया