Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

टोकियो – संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ५ मा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदै छ।यो निर्वाचनमा सुरुमा सन् २०२० मा झैं जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए। तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारे।के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला त ? कि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः सत्तामा फर्किएलान् ? अमेरिकी राजनीतिमा यो अहिले चासोको मुख्य विषय बनेको छ।

कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनाल्ड ट्रम्पभन्दा केही अगाडि देख्न थालिएको छ।उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन्। निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो। अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन्।

तर सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ। सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएको छैन। टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए।

सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियताको झल्को दिने भए पनि तिनकै आधारमा निर्वाचनको परिणाम यस्तै हुन्न भन्न चाहिँ सकिँदैन। किनभने संयुक्त राज्य अमेरिकामा ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचक मण्डल’ मा आधारित प्रणालीले निर्वाचनको परिणामको छिनोफानो गर्छ। त्यसअन्तर्गत राज्यहरूलाई त्यहाँको जनसङ्ख्याका आधारमा निश्चित सङ्ख्यामा मतभार अर्थात् ‘इलेक्टोरल कलेज मत’ दिइएको हुन्छ।

देशभरिका सबै राज्यसँग कुल ५ सय ३८ इलेक्टोरल कलेज मत हुन्छ। निर्वाचन जित्न २ सय ७० मतभार पाउनैपर्छ। सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन्, राष्ट्रिय स्तरमा हैन।
दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ।

अमेरिकामा ५० राज्य छन्।अधिकांश राज्यले प्रत्येक निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन्। केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ।ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन्। ती राज्यलाई ‘ब्याटल ग्राउन्ड स्टेट’ (सङ्ग्रामभूमि राज्य) अथवा ‘स्विङ स्टेट’ भन्ने गरिन्छ। ‘स्विङ स्टेट’ भन्ने गरिएका ती सात राज्यमा दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ। मत सर्वेक्षणहरूमा ती राज्यमा कुनै पनि उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गरेको देखिँदैन। अगस्ट महिनादेखि एरिजोना, जोर्जा र नोर्थ क्यारलाइनामा एकै उम्मेदवारको अग्रता छैन। ती तीन राज्यमा केही सातादेखि ट्रम्प झिनो मतले अगाडि देखिएका छन्।

नभाडा राज्यमा पनि अगाडि हुने उम्मेदवार एकै छैनन्। त्यहाँ अहिले ह्यारिसलाई ट्रम्पभन्दा केही अगाडि देखिन्छ।मिशिगन, पेन्सिल्भेनिआ र विस्कन्सिनमा अगस्ट महिनादेखि ह्यारिस अगाडि छिन्। कहिलेकाहीँ उनी ट्रम्पभन्दा दुई वा तीन प्रतिशतले अगाडि हुन्छिन्। तर केही दिनदेखि प्रतिस्पर्धा बढेको देखिन्छ।

सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि यी तीनवटै राज्यलाई डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो। सन् २०२० मा जो बाइडनले ती राज्यमा आफ्नो पार्टीको प्रभाव पुनः स्थापित गरे। यसपालि ह्यारिसले ती राज्यलाई आफ्नो पक्षमा पार्न सकिन् भने उनलाई चुनाव जित्न सजिलो हुने बताईन्छ।  एजेन्सी  ***

तपाईको प्रतिक्रिया