Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – आफू दोहोर्‍याएर राष्ट्रपति बने भने अमेरिकीहरूको बलात्कार र हत्या गर्ने आप्रवासीलाई मृत्युदण्डको सजाय दिने डोनाल्ड ट्रम्पले बताएका छन् । शुक्रबार अमेरिकाको कोलोराडोमा एउटा चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले यस्तो बताएका हुन् । ल्याटिन अमेरिकी आप्रवासीहरूले कोलोराडोमा आतंक फैलाइरहेको भन्दै त्यस्ता आप्रवासीहरूलाई ट्रम्पले राक्षस र जनावर समेत भन्न भ्याए ।

आज विश्वले अमेरिकालाई आपराधिक बलले कब्जा गरिसकेको देशको रूपमा चिन्ने पनि उनले बताए । ट्रम्पले वर्तमान उपराष्ट्रपति तथा नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समेत अपराधी भने । ह्यारिस राष्ट्रपति बनिन् भने देश ध्वस्त हुने उनले बताए ।

कोलोराडोमा भेनेजुएलाबाट आएका ट्रम्पले मानिसहरूलाई प्रहरीमाथि गोली चलाउने अनुमति दिइएको दाबी पनि उनले गरे । न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा ट्रम्पको यो दाबीलाई झुटो भनेको छ ।

ह्यारिसले चुनाव जितिन् भने करोडौँ आप्रवासी अमेरिका आउने अनि अमेरिका बरबाद हुने उनले बताए । आफूले जितेमा आप्रवासीहरू विरुद्ध अपरेसन सुरु गर्ने पनि बताए । यस अन्तर्गत अमेरिकाले युद्ध लडिरहेको देशमा आप्रवासीलाई पठाउन सरकारले अनुमति दिने उनको भनाईछ ।

चुनावमा ट्रम्पले अवैध आप्रवासीलाई सबैभन्दा ठूलो मुद्दा बनाएका छन् । यसअघि पनि उनले धेरै पटक अवैध आप्रवासीबारे बयान दिएका थिए ।

सेप्टेम्बर १० मा कमला ह्यारिससँगको राष्ट्रपतीय बहसमा ट्रम्पले अध्यागमनको मुद्दामा हरेक दिन हजारौँ अपराधी अमेरिका आउने गरेको बताएका थिए । त्यति बेला आप्रवासीहरूले कुकुर र बिरालो खान्छन् भनेर समेत उनले भन्न भ्याए । यसअघि जुलाईमा पेन्सिल्भेनियामा एउटा चुनावी र्‍यालीमा ट्रम्पमाथि हमला हुँदा पनि उनी आप्रवासीका विषयमा भाषण गरिरहेका थिए । ***

तपाईको प्रतिक्रिया