Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ । यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै २१ अर्ब ९१ करोडको नयाँ कीर्तिमान बनाएको हो ।

सूचकमा देखिएको निरन्तरको वृद्धिसँगै कारोबार रकमले अहिलेसम्मकै रेकर्ड तोडेको हो । यो दिन ६४.२५ अंकले बजार बढेर २ हजार ७६०.९० विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार पनि बजार उच्च अंकले बढेको थियो । यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १०.६५ अंकले बढेर ४९६.०३विन्दुमा बन्द भएको छ ।

३३२ कम्पनीको ५ करोड कित्ताभन्दा धेरै शेयर किनेबेच हुँदा २१ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । बुधबारको शेयर कारोबार यो २ वर्ष ११ महिना १८ दिनपछिकै उच्च हो ।

अघिल्लो कारोबार दिन मंगलबार भने १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । गत सोमबार भने १९ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।

यो दिन पनि सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रि-इन्स्योरेन्सको छ । उक्त कम्पनीको ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।त्यस्तै माउन्टेन इनर्जिको ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, शिवम सिमेन्टको ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल फाइनान्सको ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन १४ वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।जसमा युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स,श्रीइन्भेष्टमेन्ट फाइनान्स,रिलायन्स फाइनान्स,दिब्यश्वरी हाइड्रोपावर,मकरजितुमाया हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया,कुथेली बुखारी स्मल हाइड्रोपावर छ ।

त्यसैगरी,नेपाल वेयर हाउजिङ,प्रोग्रेसिभ फाइनान्स,ओरेन्टल होट, समृद्धि फाइनान्स,मल्टिपर्पोस फाइनान्स र फस्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, उच्च अंकले बढेको बजारमा सिभिल बैंकको ऋणपत्र ७.९२ प्रतिशतले घटेको छ । त्यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था ६.५२ प्रतिशतले घटेको छ ।

यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । फाइनान्स उपसमूहको उच्च अंकले बढेको छ । उक्त समूह ८.०८ प्रतिशतले बढेको छ भने लगानीगत समूहको ६.८९ प्रतिशतले बढेको छ । विकास बैंक समूहको सूचक ३.२१ प्रतिशतले बढ्दा अन्य समूहको सूचकहरु १ प्रतिशत माथिले बढेका छन् ।

तपाईको प्रतिक्रिया