Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

नागोया – जापानको नागोयामा सम्पन्न तेस्रो नेपाल फेस्टिभलको आयव्यय सार्वजनिक गरिएको छ । जून ८ तारिख शनिबार र ९ तारिख आइतबार नागोयाको आईची प्रिफेक्चरमा नेपाल फेस्टिभलको आयोजना गरिएको थियो । फेस्टिभल सम्पन्न गर्नका लागी जापानमा रहेका नेपाली र नेपालीका संघसंस्था एवं जापनिज र जापनिजका संघसंस्थाहरुबाट आर्थिक सहयोग संकलन गरिएको थियो ।

फेस्टिभलमा १ करोड ११ लाख ८६ हजार ३ सय ९३ आर्थिक संकलन भएको छ । खर्च ८५ लाख ३९ हजार ५ सय १६ भएको बताइएको छ । फेस्टिभलमा सहयोगी दाताबाट ६८ लाख ६९ हजार ३ सय ९३ र स्टलहरु बाट ४३ लाख १७ हजार संकलन भएको छ । खर्च कटाएर फेस्टिभलको बचत रकम २६ लाख ४६ हजार ८ सय ७७ येन रहेको छ ।फेस्टिभलका संरक्षक समेत रहेका आर्थिक संयोजक दीपक कार्कीका अनुसार जुनसुकै सामाजिक कार्य गर्दा आर्थिक पारदर्शिता हुनु जरुरी छ । जापानमा यसअघि हुने गरेका कतिपय कार्यक्रमका आयव्यय सार्वजनिक नगरिएको बताउँदै जसका कारण जनमानसमा विश्वास घट्ने कार्कीले बताए । फेस्टिभलको आय व्यय प्रस्तुत फेस्टिभलका आर्थिक संयोजक दीपक कार्कीले गरेका थिए । एनआरएनए क्षेत्रीय समिति नागोयाका कोषाध्यक्ष रुपेश पुनका अनुसार संस्थाको अनि फेस्टिभलको हरेक हरहिसाब चुस्त दुरुस्त राखिएको छ ।आय व्यय सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्षता एनआरएनए क्षेत्रीय समिति नागोयाका उपसंयोजक एवं फेस्टिभल आयोजक समितिका संयोजक देव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन एनआरएनए क्षेत्रीय समितिका नागोयाका सचिव प्रतीक कार्कीले गरेका थिए भने कार्यक्रममा सहजीकरण एनआरएनए क्षेत्रीय समितिका नागोयाका उपाध्यक्ष योवन देवानले गरेका थिए ।फेस्टिभलमा आर्थिक सहयोग गर्ने केही व्यक्तिले रकम बुझाउन केही ढिला गरेकोले केही समय ढिला आयव्यय सार्वजनिक गर्न परेको एनआरएनए क्षेत्रीय समितिका नागोयाका उपाध्यक्ष कुशल पौडेलले जानकारी गराए । पौडेलका अनुसार अब भने फेस्टिभलको उठ्न पर्ने कुनै बक्यौता रकम छैन ।बेलाबेलामा जापानको विभिन्न शहरहरुमा नेपाल फेस्टिभल आयोजना गरिए पनि आर्थिक पारदर्शी नहुने र घाटा देखाउने प्रवृत्ति नदेखिएका होइनन् । जापानको तेस्रो ठूलो शहर नागोयामा भएको फेस्टिभल बाट अरूले पनि धेरै सिक्न सक्छन् । जापानमा यतिबेला २ लाखको हाराहारीमा नेपालीहरू रहेका छन् । बेलाबेलामा जापनिज माझ नेपाल र नेपाली चिनाउन गरिने यस्ता नेपाल फेस्टिभलहरूले अवश्य पनि जापानमा नेपाल र नेपाली चिनाउन योगदान गरेको छ ।

तपाईको प्रतिक्रिया