Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – नेपाल वायुसेवा निगम (नेवानि)मा चरम बेथिति देखिएको छ । निगमले एउटा अन्तर्राष्ट्रिय उडानको जहाज थन्किदा र समयमा नै बनाउन नसक्दा निगमलाई जहाजको उडानबाटै हुने ७६ करोड घाटा लागेको छ ।

नेपाल वायुसेवा निगम कर्मचारी संघले निगममा देखिएको समस्या समाधान नभएको विषयमा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आइतवार १५ दिने अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटममा ९एन एकेडब्लु जहाजको इन्जिन भाडामा लिँदा निगम पदाधिकारीले अनियमित ढंगले काम गरेको कर्मचारीको दाबी छ ।

कर्मचारीहरूले अध्यक्ष अधिकारीलाई दिएको एक ज्ञापनपत्रमा उक्त जहाजको इन्जिन ६० करोड रुपैयाँमा खरिद गर्न पाइनेमा भाडामा लिएरै ३५ करोड सकिएको दाबी गरिएको छ ।nullnull

तपाईको प्रतिक्रिया